बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेयरसहित ४ जना अख्तियारको फन्दामा

आइतबार, १५ फागुन २०७८, २१ : ०२
आइतबार, १५ फागुन २०७८

कमिसन बापतको रकमसहित रौतहटमा एक जना मेयरसँगै ४ जना अख्तियारको फन्दामा परेका छन् ।  स्थानीय देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलसँगै ४ जनालाई  ५ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

देवाही गोनाही नगरपालिकाको कार्यालय देवाहीस्थित आफ्नै कार्यकक्षमा मेयर पटेलले वडाध्यक्ष शेख नुरुल्लाहसँग विकास निर्माणको कार्यमा भागवण्डा बापतको रकम नगद र चेक लिँदै गरेको अवस्थामा आइतबार अपराह्न  अख्तियारको टोलीले रंगे हात पक्राउ गर्न सफल भएको छ ।

देवाही गोनाही  ७ करुनियाको वडाध्यक्ष नुरुल्लाहसँग कमिसन बापतको नगद २ लाख पचास हजार र सोही बराबरको चेक गरी ५ लाख लिँदै गर्दा मेयर पटेल सहित चार जना पक्राउ परेको  स्रोतले जनाएको  छ ।

मेयर पटेल सँगै योजना शाखा प्रमुख, लेखा शाखा प्रमुख र मेयरको पिए गरी चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँबाट डिएसपी पुष्प मल्लको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि काठमाडौँ तर्फ लगेको स्रोतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप