मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

घरेलु तथा साना उद्योग महासंघ प्रदेश १ को अध्यक्षमा गिरी

आइतबार, १५ फागुन २०७८, २० : ५१
आइतबार, १५ फागुन २०७८

नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं. १ को अध्यक्षमा शिवा उपाध्याय (अन्जु) तथा महिला उद्यमी समितिको अध्यक्षमा नमिता न्यौपाने निर्वाचित भएकी छिन् ।

महासंघको विराटनगरमा आज भएको दोस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनबाट समितिको वरिष्ठ उपाध्यक्षमा प्रदिप गिरी, उपाध्यक्ष अशोककुमार विष्ट, उपाध्यक्ष लिलादेवी रिजाल, महासचिव राजेन्द्र केशरी घिमिरे, सचिव वेदनाथ भेटवाल र कोषाध्यक्ष राजेश मण्डल रहेका छन् । समितिको सदस्यहरूमा गणेशबहादुर कटुवाल, अशोक कार्की, खगेन्द्र गौतम, दिनेश श्रेष्ठ, राजिव ढुंगाना, विकास पौडेल, ईश्वर रानामगर, र रत्नमान तामाङ रहेका छन् ।
यस्तै महिला उद्यमी समितिको वरिष्ठ उपाध्यक्षमा डबलकुमारी चौलागाईं, महासचिव अनिता गुरागाईं, कोषाध्यक्ष चम्पा नेपाल रहेकी छिन् । यस्तै महासंघको सदस्यहरूमा मन्जु ढकाल, सरस्वती कार्की, तोप्रककुमारी थापालगायत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप