निर्वाचनको टिकटमा हस्ताक्षर गर्ने अधिकार अशोक राईलाई
जनता समाजवादी पार्टी नेपालले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । स्थानीय चुनावमा उम्मेदवारलाई पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर रहने निर्वाचन आयोगलाई जानकारी गराएको जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले बताए ।
यसअघि टिकट वितरणमा कसको हस्ताक्षर रहने भनी पार्टीमा विवाद थियो । टिकट वितरणमा आफ्नो हस्ताक्षर रहने दाबी पार्टीका अध्यक्ष उपेन्द्र यादवको थियो । तर संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले एक जना हस्ताक्षर आफूले स्वीकार नगर्ने बताउँदै दुई जनाको हस्ताक्षर हुनुपर्ने अडान लिएका थिए । त्यसपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले टिकट वितरणमा दुई जनाको हस्ताक्षर नहुने बरु वरिष्ठ नेता अशोक राईलाई हस्ताक्षरकर्ता राख्न प्रस्ताव गरेका थिए । त्यसमा पनि अध्यक्ष भट्टराईले असहमति जनाउँदै दुईजना हस्ताक्षरकर्ता हुनुपर्ने अडान लिएका थिए ।
यो विवाद कार्यकारिणी समितिबाट नटुङ्गिने भएपछि यसलाई सहमतिमा टुङ्ग्याउनका लागि अध्यक्ष उपेन्द्र यादव, अर्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको थियो । उनीहरू बीचमा आज भएको छलफलबाट अशोक राईलाई हस्ताक्षरकर्ता राखिने सहमति भएको जसपा प्रचार प्रसार विभागका प्रमुख डम्बर खतिवडाले बताए । उनले अब जसपामा कुनै प्रकारको विवाद नरहेको र जसपा एकजुट रहने प्रतिक्रिया दिए । पार्टी विभाजन हुन्छ भन्ने हल्ला आजबाट समाप्त भएको बताउँदै खतिवडाले छलफलबाट सबै कुरा मिलाउँदै जाने तीन नेताको बीचमा सहमति भएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिसान क्रिकेटको फाइनलमा अरनिको र ग्रिनल्याण्ड भिड्दै
-
कर्णाली प्रदेश सभा : पहिलो कार्यकालमै अघि बढाइएका विधेयकले अझै पाएनन् कानुनी रूप
-
काठमाडौँका ७ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध
-
‘न्यायपालिकाप्रतिको जनआस्थामा अभिवृद्धि गर्ने काममा सर्वोच्च अदालतको अर्जुनदृष्टि हुनुपर्छ’
-
विकास निर्माणको अनुगमन गर्न कानुन बनाउने बागमती सरकारको निर्णय
-
महिला नेतृत्व सम्मेलन २०२५ चैतको पहिलो साता