शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

भ्रमको बिस्कुन उठाउन व्याख्यात्मक टिप्पणी गर्नु परेको हो : मीनबहादुर विश्वकर्मा

आइतबार, १५ फागुन २०७८, २० : १८
आइतबार, १५ फागुन २०७८

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य मीनबहादुर विश्वकर्माले अमेरिकाबाट नेपालको सार्वभौम सत्ता र स्वाभिमानमा कुनै आँच नआउने दाबी गरेका छन् ।

प्रतिनिधिसभामा एमसीसी सम्झौताको व्याख्यात्मक घोषणामाथिको छलफलमा भाग लिँदै विश्वकर्माले भने, ‘नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो भनेर संयुक्त राष्ट्रसंघमा प्रस्ताव गर्ने, नेपालको विकासमा ठुलो सहयोगी अमेरिकाले नेपाल र नेपाली जनताको हितमा प्रदान गरेको अनुदानको विषयमा भ्रम फैलाइएको छ ।’

उनले दुई ठुला छिमेकीको तुलनामा नेपालको आर्थिक वृद्धिदर कम भएकाले ऋणमा भर पर्नुपर्ने बाध्यता रहेको अवस्थामा यस्ता अनुदान सहयोग महत्त्वपूर्ण रहने बताए । उनले एमसीसी गरिब मुलुकका लागि दिने अमेरिकी सहयोगमात्र रहेको भन्दै  एमसीए नेपाल भनेको नेपाल सरकारमार्फंत नेपालमा रहने कार्यालय भएको प्रस्ट पारे । उनले एमसीसीबारे भ्रमको बिस्कुन बानेश्वरमा छरेका कारण संसद्मा एमसीसीका केही प्रावधानबारे व्याख्यात्मक टिप्पणी गरिएको पनि प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप