लाल बने तमलोपाको अध्यक्ष
आइतबार, १५ फागुन २०७८, २० : १७

तराई मधेस लोकतान्त्रिक पार्टीको अध्यक्षमा वृषेशचन्द्र लाल चयन भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी केही दिन पहिले तमलोपामा प्रवेश गरेका लाललाई अध्यक्षमा चयन गरेको छ ।
आज जनकपुरमा भएको केन्द्रीय भेलाले लाललाई अध्यक्ष चयन गरेको हो । लालको अध्यक्षतामा गठन भएको ५५ सदस्यीय कार्यसमितिमा वरिष्ठ नेतामा डा.विजय कुमार सिंहलाई चयन गरेको छ । सदस्यहरूमा अञ्जना दत्त, अर्चना ठाकुर, इन्दुदेवी, वीरेन्द्र यादव, ईश्वर पण्डित, उमेश कुमार मण्डल, गुरुशरण यादव, गौरीशंकर सिंह, जगन्नाथ चौधरी, जयनन्दन सहनी, जयनाथ नायक, जयनाथ मण्डल, जहीर अहमद, दिलीप कुमार पाण्डेय, धीरेन्द्र सिंह, नवरतन मुरारका, नवीन कुमार सिंहलगायतका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण