मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको दीर्घकालीन विकास रणनीति बनाऔँ : कार्की

आइतबार, १५ फागुन २०७८, २० : ०१
आइतबार, १५ फागुन २०७८

नेकपा माओवादी केन्द्रका सांसद राम कार्कीले नेपालले अब दीर्घकालीन विकास रणनीति तय गर्नुपर्नेमा जोड दिएका छन् । कार्कीले यसरी एउटा सम्झौताका लागि देश नै ध्रुवीकृत बन्ने अवस्था आउन नदिनका लागि आफ्ना प्राथमिकताहरु तय गर्दै दीर्घकालीन विकासको एउटा घोषणापत्र तयार गर्नुपर्ने सुझाव दिएका हुन् ।

प्रतिनिधि सभामा एमसीसी सम्झौतामाथिको सामान्य छलफलमा भाग लिँदै कार्कीले नेपाल अब अमेरिकी रणनीतिक साझेदार बन्न लागेको बताउँदै नजिकै अर्को शक्ति केन्द्र चीन रहेकाले नेपाललाई एउटा शान्ति क्षेत्रको प्रस्ताव इन्डोर्स गर्नुपर्ने जिकिर गरे । विश्वमा नयाँ शीतयुद्ध सुरु भएको बताउँदै उनले नेपालले आफूलाई शान्ति क्षेत्र घोषणा नगरे आफ्नो सार्वभौमिकता बचाउन कठिन हुने चेतावनी पनि दिए ।

प्रतिपक्षको विरोधका बीच एमसीसी जस्तो महत्त्वपूर्ण विषय अनुमोदन गर्नु गलत भएको उनका भनाइ थियो । उनले भने, इतिहासमा मूल्याङ्कन हुनेछ । इतिहासले याद गर्नेछ । कार्कीले व्याख्यात्मक घोषणाको वैधतामाथि पनि प्रश्न उठाए । अमेरिकाले नेपालसँगको मित्रता चाहन्छ भने यसलाई स्वीकार गर्नुपर्ने उनको धारणा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप