मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

नेपालसँगको मित्रतालाई महत्व दिए अमेरिकाले व्याख्यात्मक प्रस्तावलाई स्वीकार गर्छ : कार्की

आइतबार, १५ फागुन २०७८, १९ : ५६
आइतबार, १५ फागुन २०७८

नेकपा माओवादी केन्द्रका सांसद सुरेन्द्र कार्कीले एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावलाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभाको दोस्रो बैठकमा एमसीसीमाथिको व्याख्यात्मक प्रस्तावको छलफलमा भाग लिँदै उनले सदनमा महत्वपूर्ण कुरा प्रतिपक्षबिना अघि बढाउनु दुखद् भएको बताए । 

उनले एमसीसीमाथिको नेपालको व्याख्यालाई अमेरिकाले स्वीकार गर्नुपर्ने बताए । अमेरिकाले नेपालसँगको मित्रतालाई महत्व दिए यसलाई स्वीकार गर्ने बताए । मान्यता नदिए कसैको केही नलाग्ने उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप