बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रतिनिधि सभाको दोस्रो बैठकको कार्यसूची

आइतबार, १५ फागुन २०७८, १९ : ३३
आइतबार, १५ फागुन २०७८

प्रतिनिधि सभाको दोस्रो बैठक आइतबार साँझ बस्दै छ । अबको बैठकमा एमसीसी सम्झौतामाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसलाई अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । 

यस्तो छ कार्यसूची : -अर्थ मन्त्री श्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) को प्रावधान माथि सदनमा छलफल गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने।

-अर्थ मन्त्री श्री जनार्दन शर्माले “नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) लाई अनुमोदन गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप