आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

झलनाथ खनालले एमसीसी अनुमोदनका लागि मतदान नगर्ने

आइतबार, १५ फागुन २०७८, ०८ : ००
आइतबार, १५ फागुन २०७८

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसी परियोजना संसद्‍बाट स्वीकृतका लागि मतदान नगर्ने भएका छन् । 

आज बसेको प्रतिनिधि सभाको पहिलो बैठकमा आफ्नो भनाई राखेर संसद् भवनबाट बाहिरिएका उनले उनले यथास्थितिमा एमसीसी परियोजना पास गर्न नहुने बताए । २०५४ सालमा भएको महाकाली सन्धि गर्ने क्षणलाई स्मरण गर्दै उनले त्यो बेला सो सन्धिले मुलुकको कायापलट हुने व्याख्या भएको बताउँदै अहिले एमसीसीको सन्दर्भमा भएको ११ बुँदे व्याख्यात्मक घोषणा पनि त्यस्तै भएको बताए । उनले यथास्थितिमा एमसीसी सम्झौतामाथि मतदान नगर्ने बताएर संसद् भवनबाट बाहिरिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप