एमजीको नयाँ विद्युतीय गाडी जेडएस इभी २०२२ नेपाली बजारमा
![एमजीको नयाँ विद्युतीय गाडी जेडएस इभी २०२२ नेपाली बजारमा](https://rpcdn.ratopati.com/media/albums/gadi_JMeRboxIDi.jpg)
नेपाली बजारमा एमजीको नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२ आएको छ । नेपालका लागि एमजी मोरिस ग्यारेणा मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले जेडएस इभी भित्रेयाएको हो । कम्पनीले आइतबार नक्सालस्थित आफ्नै शोरुममा एक कार्यक्रमको आयोजना गर्दै जेडएस इभीको नयाँ अपडेट भर्सन २०२२ सार्वजनिक गरेको हो ।
स्ट्यान्डर्ड रेन्ज र ला रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध जेडएस इभी दुईवटा ब्याट्री प्याकको विकल्पामा आएको छ । कम्पनीका अनुसार ५१.५ किलोवाट हाई–टेक ब्याट्रीमा उपलब्ध सेग्मेन्टको रेन्ज ३१९ किमी प्रतिघण्टा रहेको छ भने अर्को ७२.६ किलोवाट ब्याट्रीयुक्त सेग्मेन्टको ४४० किमी प्रतिघण्टा रेन्ज रहेको जनाएको छ ।
गाडीको ग्राउन्ड क्लियरेन्स १७५ मिमी रहेको छ । एमजि जेडएस इभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँ डेकोरेसन र अपडेटहरु गरिएको छ । यसको इन्टेरियरमा १०१ इन्चको टचस्किन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र बेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् । एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको कम्पनीको दाबी छ ।
एमजी जेडएस इभी २०२२ मा १३० एपिको पावर र २८० एनएम टर्क भएको पमनिन्ट म्याग्नेट सिन्कोनस मोटर रहेको छ । यो ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको दरमा गुड्न सक्ने कम्पनीले बताएको छ ।
एमजिको सिग्नेचर ग्लोबल डिजाइन भएको यो एलेक्ट्रोनिक गाडीमा पानोरमिक सनरुफ, १७ इन्चको डायमन्ड् कट एलोय व्हील्स र २.५ को पिएम फिल्टर लगायत अन्य धेरै सुविधाहरु रहेका छन् । एमजी जेडएस इभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्टोल अल–हवील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् । यसको चार्जिङ पोर्ट एमजी ब्याजको छेउमा राखिएको छ । साथै यसमा मोबाइल बायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडष्टिभ कुज कन्ट्रोल, लेन किप असिस्ट र ३५० डिग्री क्यामरा समेत उपलब्ध रहेको छ ।
दुई भेरियन्टमा उपलब्ध एमजी जेडएस इभी २०२२ को स्ट्यान्डर्ड रेन्जका लागि ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने लङ्ग रेन्जका लागि ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ करोड ३७ लाख मूल्य बराबरको कोकिन बरामद, २ जना विदेशी पक्राउ
-
जबरजस्ती बन्ध्याकरण असंवैधानिक : जापानी सर्वोच्च अदालत
-
सिटिजन्स बैंक र भवानी हस्पिटलबीच समझदारी
-
नेपाली खेलाडीले ओलम्पिकको अन्तिम तयारी कहाँ गर्दैछन् ?
-
समय सापेक्ष संविधान संशोधन गर्नु अहिलेको आवश्यकता होः नेता केसी
-
कंगनालाई थप्पड हान्ने सीआईएसएफ कन्ष्टेबलको सरुवा