भरतपुर महानगर- ६९२ विद्यार्थीका लागि छात्रवृत्ति वितरण
भरतपुर महानगरपालिकाले महानगर भित्रका ६९२ विद्यार्थीका लागि २० लाख ७६ हजार नगद रकम छात्रवृत्ति वितरण गरेको छ । महानगर भित्रका ६७ वटा बिद्यालयका १ देखी ८ सम्मका लोपोन्मुख तथा अति सीमान्तकृत बालबालिकालाई प्रति बिद्यार्थी ३ हजारका दरले महानगरले छात्रवृत्ति प्रदान गरेको हो ।
भरतपुर महानगरको शैक्षिक प्रशासन महाशाखाले आईतबार ११ वटा विद्यालयका २४० जना विद्यार्थीका हात हातमा सो रकम प्रदान गरेको छ भने बाकी विद्यालयका विद्यार्थीका लागि प्रदान गरिने छात्रवृत्ति रकम बैक मार्फत बिद्यालयको खातामा पठाएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख महेन्द्र पौडेलले बताए ।
महानगर प्रमुख रेनु दाहाल उपप्रमुख पार्वती शाह ठकुरीको हातबाट ११ विद्यालयका २४० बिद्यार्थीलाई एकै दिन सो रकम हात हातमा हस्तान्तरण गरिएको हो । लोपउन्मुख तथा अति सीमान्तकृत समुदायका बालबालिकाको शैक्षिक विकासमा सहजता होस भन्ने उद्देश्यका साथ भरतपुर महानगरले नेपालमानै पहिलो पटक यति धेरै रकम नगद छात्रवृत्ति दिएको छ ।
चेपाङका बालबालिकाले देशमा गणतन्त्र आएपछि पहिलो पटक यति धेरै नगद छात्रवृत्ति नेपालमानै पहिलो पटक भरतपुर महानगरले दिएको चेपाङ अभियान्ता तथा अभिभावक रामलाल प्रजाले बताए ।
यति धेरै विद्यार्थीका लागि यति ठुलो रकम सहयोग गर्ने स्थानिय तह भरतपुर महानगर नेपालकै पहिलो स्थानिय तह भएको भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए । यहाँका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह ठकुरीको प्रयासका बाबजुत यो कामले सार्थकता पाएको पौडेल बताउँछन् । महानगरले शिक्षाको विकासका लागि महानगरको कुल बजेट बाट १५ प्रतिशत रकम शिक्षामा लगानी गरेको उनले जानकारी दिए ।
भरतपुर महानगरले महानगरभित्रको शैक्षिक विकासमा धेरै ठुलो रकम लगानी गरेको महानगर प्रमुख रेनु दाहालले बताईन् । विकट मानिएको वडा नम्वर २९ को पहाडका विद्यालय देखि महानगरका अरु वडाका सबै विद्यालयका विद्यार्थीका लागि आबश्यकताका आधारमा शैक्षिक बिकास गरेको उनको भनाई छ ।
बिद्यालयको भौतिक पुर्वाधार विकास , पाठ्य सामाग्रीको प्रर्वदन देखी विद्यार्थीका लागि छात्रवृत्ति, दिवा खाजा कायक्रम, स्कुल बस बितरण, साईकल बितरण लगाएत अरु धेरै भौतिक तथा आर्थीक सहयोग गरेको दाहालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब समर्थकहरु मैदानभित्र प्रवेश गरेर क्रिकेट खेल्न थाले ...
-
परराष्ट्रमन्त्री राणा चीन प्रस्थान
-
काठमाडौँ उपत्यकामा वायुको गुणस्तर खस्कियो (तस्बिरहरू)
-
सिन डिडीको बेल तेस्रो पटक पनि अस्वीकृत
-
एनपीएल खेल्न नेपाल आइपुगे जिशान मक्सुद
-
अवैध आप्रवासन रोक्न सहमत भएको ट्रम्पको दाबीबारे के भन्छिन् मेक्सिकोकी राष्ट्रपति ?