बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मारुती सिमेन्ट उद्योगमा मजदुरको मृत्यु

आइतबार, १५ फागुन २०७८, १८ : ५४
आइतबार, १५ फागुन २०७८

सिरहाको मारुती सिमेन्ट उद्योगमा कार्यरत एक मजदुरको दुर्घटनामा परि मृत्यु भएको छ । उद्योगमा प्रोजेक्ट साइडको एसआरएम ईन्जिनियरको रुपमा कार्यरत वेल्डर प्यूठानका २८ वर्षिय बेच बहादुर पुर्ण मगरको काम गरिरहेको अबस्थामा दुर्घटना भई मृत्यु भएको हो ।

काम गरिरहेका अवस्थामा चेनपुल्लिले माथि तानिरहेको फलामे पाइप झरेर टाउकोमा लाग्दा मगरको घटनास्थलमै मृत्यु भएको ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष रामपुकार कामतिले जानकारी दिए । 

मजदुरको मृत्यु पछि आज विहानै देखि मजदुरहरुले घटनाको छानविन गरी लापर्वाही  गर्नेलाई कार्वाहीको माँग गर्दै उद्योग बन्द गरेका छन् ।  उद्योगले कामदारहरुलाई अपनाउनु पर्ने सुरक्षा विधि नअपनाएको कारण दुर्घटना हुने गरेको अध्यक्ष कामतीको आरोप रहेको छ । 

यता जिल्ला प्रहरी कार्यालय सिरहाले मजदुरको लडेर मृत्यु भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले भने, ‘मैले कामगर्ने क्रममा लडेर मृत्यु भएको जानकारी पाएको छु, घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’
 शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप