बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

काँग्रेस वीरगंज महानगर सभापतिमा नेपाली निर्वाचित

आइतबार, १५ फागुन २०७८, १८ : ५६
आइतबार, १५ फागुन २०७८

पर्साको वीरगंज महानगरपालिकामा नेपाली काँग्रेस महानगर कार्य समितिको सभापतिमा मणिन्द्रलाल नेपाली विजयी भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत विरगंज महानगर कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मत परिणाम आइतबार सार्वजनिक भएको हो ।

सार्वजनिक मत परिणाम अनुसार सभापतिमा नेपालीले  २५७ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याएका छन् । त्यस्तै अर्का प्रतिद्वन्द्वी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहानले भने ३२ मत मात्र ल्याउन सफल भए । महानगर कार्यसमितिका लागि तीन जनाले सभापतिमा उम्मेदवारी दिएका थिए ।

त्यस्तै उपसभापतिमा नेपाली समुहका सन्तोष गुप्ता २४८ मत र चौरसिया समुहका सरजुग महतो २४४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत रामबालक प्रसाद यादवले जानकारी दिए । त्यसैगरी सचिवमा शिवचन्द्र प्रसाद यादव २६२ र  श्याम प्रसाद कुर्मी २३९ मत ल्याएर निर्वाचित भएका छन् भने सहसचिवमा सज्जाद हुसैन समानिले २५० र  दीपक कुमार साह २४६ मत ल्याएर निर्वाचित भएका छन् । सदस्यहरुको मतगणना भने अझै जारी रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप