विशेष आर्थिक क्षेत्रमा आएनन् उद्योगी, आकर्षित गर्न नीति खुकुलो बनाइँदै
![विशेष आर्थिक क्षेत्रमा आएनन् उद्योगी, आकर्षित गर्न नीति खुकुलो बनाइँदै](https://rpcdn.ratopati.com/media/albums/shej_oUcQfL5CV5.jpg)
उद्योग स्थापनाका लागि घोषणा गरिएको विषेश आर्थिक क्षेत्र (सेज) मा उद्योगीको अरुचि देखिएपछि उद्योग स्थापनाको आह्वान गरेको छ । विषेश आर्थिक क्षेत्र प्राधिकरणले एक सूचना निकाल्दै भैरहवा र सिमरा सेजमा उद्योग स्थापना गर्न आह्वान गरेको हो ।
सेजले यसअघिका प्रावधानलाई खुकुलो पार्ने भन्दै उद्योग खोल्न उद्योगीलाई आह्वान गरेको छ । उद्योगी/व्यवसायीहरू सेजमा भाडा महँगो भएको तथा उत्पादनको ६० प्रतिशत निर्यात गनुपर्ने व्यवस्थाले उद्योग स्थापनामा समस्या भएको बताउँदै आएका छन् ।
यही नीतिगत व्यवस्थाका कारणले उद्योग स्थापना नभएको मूल्यांकन गर्दै नीतिगत व्यवस्थालाई खुकुलो बनाउने प्रतिवद्धतासहित प्राधिकरणले उद्योग स्थापनाको आह्वान गरेको हो । यसअघि, प्रतिमहिना प्रति वर्ग २० रुपैयाँ भाडा लाग्दै आएकोमा अब १० रुपैयाँमा झार्ने समेत बताइएको छ ।
यस्तै, उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई खुकुलो बनाउने पक्षमा प्राधिकरण देखिएको छ । भैरहवा क्षेत्रमा ४५ वटा र सिमरामा ६५ वटा प्लट खाली छन् । ती प्लटमा उद्योग स्थापना गर्न भन्दै उद्योगीलाई आह्वान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद बैठक : अर्थ मन्त्रालयको सचिव परिवर्तन
-
१० बजे १० समाचार : प्रधानमन्त्रीलाई पदमुक्त गर्न मागसहित मुद्दादेखि संसदमा ‘जनयुद्ध जिन्दावाद’को नारासम्म
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने