विशेष आर्थिक क्षेत्रमा आएनन् उद्योगी, आकर्षित गर्न नीति खुकुलो बनाइँदै
उद्योग स्थापनाका लागि घोषणा गरिएको विषेश आर्थिक क्षेत्र (सेज) मा उद्योगीको अरुचि देखिएपछि उद्योग स्थापनाको आह्वान गरेको छ । विषेश आर्थिक क्षेत्र प्राधिकरणले एक सूचना निकाल्दै भैरहवा र सिमरा सेजमा उद्योग स्थापना गर्न आह्वान गरेको हो ।
सेजले यसअघिका प्रावधानलाई खुकुलो पार्ने भन्दै उद्योग खोल्न उद्योगीलाई आह्वान गरेको छ । उद्योगी/व्यवसायीहरू सेजमा भाडा महँगो भएको तथा उत्पादनको ६० प्रतिशत निर्यात गनुपर्ने व्यवस्थाले उद्योग स्थापनामा समस्या भएको बताउँदै आएका छन् ।
यही नीतिगत व्यवस्थाका कारणले उद्योग स्थापना नभएको मूल्यांकन गर्दै नीतिगत व्यवस्थालाई खुकुलो बनाउने प्रतिवद्धतासहित प्राधिकरणले उद्योग स्थापनाको आह्वान गरेको हो । यसअघि, प्रतिमहिना प्रति वर्ग २० रुपैयाँ भाडा लाग्दै आएकोमा अब १० रुपैयाँमा झार्ने समेत बताइएको छ ।
यस्तै, उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्थालाई खुकुलो बनाउने पक्षमा प्राधिकरण देखिएको छ । भैरहवा क्षेत्रमा ४५ वटा र सिमरामा ६५ वटा प्लट खाली छन् । ती प्लटमा उद्योग स्थापना गर्न भन्दै उद्योगीलाई आह्वान गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण