कृषि उत्पादनको आपूर्ति सहज बनाउने स्टार्टअपलाई ५० लाखसम्म अनुदान

सहज च्यालेन्ज फण्डले नवीनतम व्यवसायीक योजनालाई ५० लाख रुपैयाँसम्मको अनुदान दिने भएको छ । फण्डले नवीनतम व्यवसायहरूलाई ५ देखि ५० लाख रुपैयाँसम्म अनुदान दिने भएको हो ।
नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड’को आवेदन खुल्ला गरिएको छ । प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्ति शृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा देखिँदै आएका प्रमुख अवरोध तथा चुनौतीहरूलाई सम्बोधन गर्न उक्त फण्ड सञ्चालन गरिएकोे छ ।
नवीनतम व्यवसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्ने छन् । आवेदकहरुले प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्ति शृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा रहेका समस्याहरूको समाधान प्रस्तुत गर्नु पर्नेछ । कार्यक्रमका लागि आवेदन मिति २०७८ फागुन २० गते सम्म दिन सकिनेछ ।
सहज च्यालेन्ज फण्डको पहिलो चरणको कुल बजेट १ करोड ९५ लाख नेपाली रुपैयाँको हुनेछ । जसमा सबैभन्दा ठुलो सहयोग राशि ५० लाख रुपैयाँसम्मको हुनेछ । यसरी छनोट गरिएका आवेदकले नगद राशिसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धमाधम खिचिँदै नेपाली फिल्म, स्टारकै जगजगी
-
विपक्षी दल फकाउँदै मुख्यमन्त्री कार्की, आङ्बोसँग भेटवार्ता
-
राप्रपाले फ्रड काम गर्यो, कमल थापा र लिङ्देनका कारण राजसंस्था गयो : दुर्गा प्रसाईं
-
बिराज भट्ट ‘राम नाम सत्य’ मा अनुबन्ध
-
अमेरिकामा हेलिकप्टर दुर्घटना, ३ जनाको मृत्यु
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण