आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विदेशी कम्पनीले समानान्तर सरकार चलाउँछन्, यथास्थितिमा पारित गर्नुहुँदैन : गिरिराजमणि पोखरेल

आइतबार, १५ फागुन २०७८, १७ : २१
आइतबार, १५ फागुन २०७८

नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले एमसीसी सम्झौता पारित भए नेपालमा विदेशी कम्पनीले समानान्तर सरकार चलाउने बताएका छन् । प्रतिनिधिसभामा एमसीसीमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले एमसीसी सम्झौतामा भएका केही अनुसुसूचीहरु नेपालको संविधान र कानुनभन्दा माथि रहने भनिएकाले एमसीसी पारित भए विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार चलाउने बताएका हुन् । 

‘यो पारित भएमा विदेशी कम्पनीले नेपालमा समानान्तर सरकार जस्तै सञ्चालन गर्नेछन्’ पोखरेलले सोही कारण बौद्धिक वर्गले एमसीसीलाई इष्ट इण्डिया कम्पनीसँग त्यसै तुलना नगरेको दावी गरे । उनले सम्झौता पुरक नहुँदै एक दर्जन पुरक सम्झौता पनि भएको भन्दै ति दस्तावेजहरु संसदमा उपलव्ध गराउनुपर्दैन ? भनेर प्रश्न गरे । उनले सम्झौतालाई यथास्थितिमा पारित गर्न नहुनेमा जोड समेत दिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप