शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अनुमति बिना सञ्चालन भएका अस्पतालमाथि कारबाही हुन्छः स्वास्थ्य मन्त्रालय

आइतबार, १५ फागुन २०७८, १७ : १८
आइतबार, १५ फागुन २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत बिना सञ्चालन भएका अस्पतालहरुलाई कारबाही गर्ने बताएको छ । कतिपय स्वास्थ्य संस्था अनुमती बिना सञ्चालन भएको पाइएकाले कारबाही गर्ने मन्त्रालयले चेतावनी हो ।

मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सूचना जारी गर्दैै भनेको छ, ‘कतिपय स्वास्थ्य संस्थाहरुले इजाजतपत्र नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको तथा त्यस्ता संस्थाहरूबाट स्वास्थ्य सेवा उपलब्ध गराइएको भनी विभिन्न सञ्चार समाचार आएको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको छ ।’ 

जनस्वाथ्य सेवा ऐन २०७५ जनस्वास्थ्य सेवा नियमावली, २०७७ स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ लगायतको अन्य कानून, निर्देशिका तथा मापदण्डअनुसार सञ्चालन भएका अस्पताल मात्रै सञ्चालन अनुमति पाउने महाशाखा प्रमुख डा. मदन कुमार उपाध्यायले बताए ।

   महाशाखाले इजाजतपत्र नलिई निजी, गैरसरकारी, सहकारी तथा गैर नाफामूलक सामुदायिक स्वास्थ्य संस्था सञ्चालन इजाजतपत्र तथा नवीकरण गर्न आग्रह गरेको छ । अस्पतालहरू अनुमतिबिना सञ्चालन भएको पाइएमा प्रचलित कानुन अनुसार पत्रमार्फत जानकारी गराई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप