शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

श्री ३ को दोस्रो एल्बम ‘रस्ट इन डस्ट’ शिवरात्रीमा सार्वजनिक हुँदै

आइतबार, १५ फागुन २०७८, १७ : ०२
आइतबार, १५ फागुन २०७८

श्री ३ ब्यान्डको दोस्रो एल्बम रस्ट इन डस्ट आउँदो मंगलबार शिवरात्रीको मौका पारेर आधिकारिक रुपमा सार्वजनिक हुँदैछ ।

ब्यान्डका फ्रन्टम्यान तथा गितारिस्टले आफ्नो नयाँ एल्बम कीर्तिपुरस्थ्ति जात्रा रेष्टुरेन्टमा आधिकारिक रुपमा सार्वजनिक हुने जानकारी दिएका छन् ।

यो एल्बम नुडल्स, स्पोटिफाईलगायतका डिजिटल प्ल्याटफर्ममा भने केही साता अघि सार्वजनिक भइसकेको छ ।

एल्बममा ७ वटा ट्र्याक समावेश छन् । यी सबै अंग्रेजीमा छन् ।

तीन सदस्य शरद श्रेष्ठ, रबिन न्यौपाने र रोजेत गुरुङको यो श्री ३ ब्यान्डले विशेषतः रक एन्ड रोल, हेभी मेटल, अल्टरनेटिभदेखि ग्रन्ज, स्टोनरलगायतका सङ्गीत पस्कने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप