बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

देशभर जम्मा ८५१५ जना सक्रिय संक्रमित, २४ घण्टामा कति थपिए ?

आइतबार, १५ फागुन २०७८, १६ : ४५
आइतबार, १५ फागुन २०७८

देशभर जम्मा ८ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेको आइतबार स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार सक्रिय संक्रमित क्रमशः घट्दै गएका छन् । 
हालसम्म  देशभर कोरोनाका कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७६ हजार ८६५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३९ हजार ३२६ जना पुगेका छन् । संक्रमितमध्ये ९ लाख ५६ हजार ४१३ जना निको भएका छन् भने ११ हजार ९३५ जनाको मृत्यु भएको छ।  

यसैबीच पछिल्लो २४ घण्टामा १११ जना संक्रमित थपिँदा ४१५ जना निको भएका छन् । सोही अवधिमा १ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७१० जनामा कोरोना परीक्षण भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप