वीरेन्द्रनगरमा नक्कली प्रशिक्षार्थी पक्राउ
आइतबार, १५ फागुन २०७८, १६ : २६
सुर्खेत प्रहरीले प्रहरी जवान (प्राविधिक) को परीक्षामा सहभागि एकजना नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला कनकासुन्दरी गाउँपालिका–८ का २३ बर्षीया लक्ष्मीप्रसाद सन्ज्याल (नक्कली प्रशिक्षार्थी) रहेका छन् । उनी आफ्ना भाइ २० बर्षीया अग्निप्रसाद सन्ज्यालको ठाउँमा प्रशिक्षार्थीको रुपमा सहभागि बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
वीरेन्द्रनगर नगरपालिका–७ स्थित श्री कृष्ण माध्यमिक विद्यालय ईत्राम परीक्षा केन्द्रमा प्रहरी जवान (प्राविधिक) सञ्चारतर्फको परीक्षा भइरहेको छ । उनले परीक्षा दिँदै गर्दा लोकसेवा आयोगबाट खटिएको अनुगमन टोलीले पत्ता लगाएको थियो । प्रहरीका अनुसार अग्निलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन
-
जनकपुर बोल्ट्सलाई हराउँदै फाइनलमा पुग्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य
-
चार महिनामा रेड नोटिस जारी भएका ९ जना पक्राउ
-
राजनीतिक भागबण्डाका आधारमा नियुक्त डीनलाई खारेज गर्न अखिल (क्रान्तिकारी) को माग
-
प्रचण्ड र विप्लवको तस्बिर शेयर गर्दै रञ्जित तामाङ लेख्छन्– विचार र एजेण्डा मिल्ने शक्तिहरूबिच एकता अपरिहार्य