विरोधबीच अघि बढ्यो एमसीसी (फोटोफिचर)
प्रतिपक्षी दल एमालेको होहल्लाका बीच अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल अघि बढेको छ । आइतबारको संसद् बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको हो । जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता भीम रावललगायतले आफ्नो धारणा राखेका छन् । उनीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णयको विरोध गरेका छन् ।
बैठक जारी रहँदा एमालेले अवरोध सहित नाराबाजी गरिरहेको छ। यस्तै नेमकिपा, जनमोर्चाका सांसदले पनि विरोध गरेका छन् । सत्तारुढ दलकै पनि केही सांसदले विरोध गरेका छन् भने विरोध र विवादका बीच एमसीसी अघि बढाइएको हो । एमालेले एमसीसीको विरोध गर्दै संसद् अवरोध भने गरेको होइन । उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अवरोध गरेको हो ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण