विरोधबीच अघि बढ्यो एमसीसी (फोटोफिचर)

प्रतिपक्षी दल एमालेको होहल्लाका बीच अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल अघि बढेको छ । आइतबारको संसद् बैठकमा सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको हो । जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, एकीकृत समाजवादीका नेता झलनाथ खनाल, एमाले नेता भीम रावललगायतले आफ्नो धारणा राखेका छन् । उनीहरूले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने गठबन्धनको निर्णयको विरोध गरेका छन् ।
बैठक जारी रहँदा एमालेले अवरोध सहित नाराबाजी गरिरहेको छ। यस्तै नेमकिपा, जनमोर्चाका सांसदले पनि विरोध गरेका छन् । सत्तारुढ दलकै पनि केही सांसदले विरोध गरेका छन् भने विरोध र विवादका बीच एमसीसी अघि बढाइएको हो । एमालेले एमसीसीको विरोध गर्दै संसद् अवरोध भने गरेको होइन । उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अवरोध गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनदेखि ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मको तलब बढ्ने
-
गोलरक्षक ग्रासिया बार्सिलोनामा, विलियम्सन पनि भित्र्याउने तयारी
-
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
-
नेपाल क्यान मुभ विरूद्धको राजस्व चुहावट मुद्दामा तीन जनालाई १ करोड धरौटीमा छाड्न आदेश
-
नेपालको लगातार दोश्रो जित
-
आर्थिक पत्रकारका तीन वटा संस्थालाई एक/एक करोड बजेट