बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

झलनाथले एमसीसी पारित नगर्न सांसदलाई आग्रह गर्दै भने– तपाईं हामी भेडाबाख्रा होइनौं

आइतबार, १५ फागुन २०७८, १५ : ३९
आइतबार, १५ फागुन २०७८

नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा एमसीसी प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र पारित गर्नुपर्ने बताए ।

उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत माग गरेका छन् । उनले एमसीसी र एमसीसीसँग भएका पत्राचार पनि सदनले हेर्न पाउनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता शर्तै शर्तले बेरिएको भन्दै ती शर्तहरु आफूहरुलाई अमान्य रहेको बताए । उनले त्यस्ता शर्त मानेर सहयोग लिनुभन्दा आफ्नै साधन र स्रोत प्रयोग गरेर देशको विकास गर्न सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप