संसदमा एमसीसीमाथिको छलफल, सांसदलाई पाँच मिनेटको समय
आइतबार, १५ फागुन २०७८, ०४ : ००
प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधिसभाको जारी बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले पाँच मिनेट सांसदलाई दिएका छन् । सोहीअनुसार माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एमसीसीमाथि दलहरूबीच व्याख्यात्मक टिप्पणीसहितको घोषणा गर्ने सहमति भएको भन्ने सुनिएको र त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।
नेपालको अहितमा रहेका विषयलाई सच्याएमा एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन सक्ने बताए ।
उनीपछि एमाले सांसद भीम रावलले बोलिरहेका छन् । उनले पनि एमसीसी सम्झौताका केही बुँदा राष्ट्रहित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जसले यो संविधानलाई लात हान्यो, उसैले संविधान संशोधनको कुरा गरिरहँदा कसरी विश्वास गर्ने ?’
-
आयोगको अध्यक्ष सिफारिस गर्न समिति असफल, फेरि सरकारलाई गुहारियो
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु