पलविरुद्ध दोस्रो जाहेरी : जबरजस्ती मादक पदार्थ पिलाएर बलात्कार भयो
पल शाहविरुद्ध दोस्रो पटक जाहेरी दिने पीडित गायिकाका बुबाले छोरीमाथि अभिनेता पल शाहले जबरजस्ती मादक पदार्थ सेवन पिलाएर बलात्कार गरेको बताएका छन् । इलाका प्रहरी कार्यालय नवलपुरमा दिइएको जाहेरीमा नाबालिका छोरीलाई माया प्रेम गरेको, विभिन्न झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ ।
यस्तै सोही संहिताको २२८ बमोजिम क्षतिपूर्तिसमेत भराइदिन माग गरिएको छ । जाहेरीमा २०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उल्लेख गरिएको छ ।
यस्तै जाहेरीमा २०७७ चैत ३१ मा बागलुङको गलकोट महोत्सवमा जाँदा र फर्किँदासमेत शाहबाट गाडीमा बाल यौन दुरुपयोग भएको पनि उल्लेख छ । यस्तै २०७८ पुस १४ गते प्रतिवादीले अन्तिम पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ स्थित दुलेगौडामा प्रदीप थापाको घरमा शाहले अन्तिम पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ । सो बेला शाहले मदिरा सेवन गरेर कोठामा गइ बिहे गर्नेलगायतका प्रलोभन दिएर बलात्कार गरेको उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण