आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने नेकपा समाजवादीको निर्णय

आइतबार, १५ फागुन २०७८, १४ : ४९
आइतबार, १५ फागुन २०७८

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान बसेको सो पार्टीको स्थायी कमिटी बैठकले एमसीसीबारे उक्त निर्णय गरेको सहरी विकास मन्त्री समेत रहेकी नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । उनले अहिलेसम्म गरेका प्रयासहरू अनुसार उक्त निर्णयमा पार्टी पुगेको पनि बताइन् ।

बैठकपछि गंगालाल तुलाधरले  व्याख्यात्मक घोषणा एमसीसीको अङ्ग नै हुनेगरी त्यसको पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए । उनले अमेरिकाले अस्वीकार गरे सो घोषणा एमसीसीको अंग नबन्ने र त्यो विषय पाँच दलीय बैठकमा समेत छलफल भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप