शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेट : प्रदेश नं १ विजयी

आइतबार, १५ फागुन २०७८, १४ : ३४
आइतबार, १५ फागुन २०७८

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ । 
    
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित पराजित गर्दै विजयी भएको हो । प्रदेश नं १ यसअघि नै फाइनल यात्राबाट बाहिरिइसकेको थियो । खेलमा १२० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रनमा समेटियो । 
    
ललितपुरका लागि सुमन खतिवडाले सर्वाधिक ४४ रनको योगदान दिइन भने अञ्जली विश्वकर्माले २१ रन जोडिन् । प्रदेश नं १ का लागि अलिसा खडियाले सर्वाधिक तीन विकेट हात पारिन् भने सवनम राईले दुई विकेट हात पारिन । त्यस्तै ज्योति दनुवार र सङ्गीता राईले १–१ विकेट लिए । 
    
त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको प्रदेश नं १ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ११९ रन जोडेको थियो । उसका लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरिन् भने कप्तान रुविना क्षेत्रीले ३९ रन जोडिन् । 
    
ललितपुर मेयर्सका लागि खुसी डङ्गोलले सर्वाधिक दुई तथा अनुराधा चौधरीले एक विकेट हात पारे । प्रतियोगितामा प्रदेश नं १ ले चार खेलमा दुई जीत हात पारेको छ । यता ललितपुर मेयर्सले भने चारवटै खेलमा पराजय भोगेको छ ।
    
उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) र सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरिसकेका छन् । फाइनल खेल सोमबार हुनेछ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप