माओवादी केन्द्र एमसीसीको पक्षमा, कार्यकर्ताहरु विरोधमा प्रदर्शन गर्दै

सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । आइतबार नयाँ बानेश्वरमा भइरहेको एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ ।
उल्लेखनीय छ, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायतले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने ‘पार्टी लाइन’प्रति असहमति जनाएका छन् ।
माओवादी केन्द्रको आइतबार बिहान बसेको केन्द्रीय कार्यालयको अनौपचारिक बैठकले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको थियो । लगत्तै बसेको सत्तारुढ गठबन्धनको बैठकले पनि व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने प्रकृया संसदमा अघि बढाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
रासायनिक मलको आपूर्ति असहज, फेरि हुन्छ अभाव ?
-
यौन जीवन ध्वस्त पारिदिन सक्छन् यी सात रोगले, सतर्क हुनुहोस्
-
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
-
लहानमा दुई अर्ब लागतमा सुविधासम्पन्न अस्पताल बनाइने
-
विषादी हालेको अङ्गुर खाइरहनु भएको त छैन ? यसरी सफा गर्नुस्