माओवादी संसदीय दलको बैठक सुरु, देव गुरुङद्वारा ११ बुँदे व्याख्यात्मक घोषणा वाचन
आइतबार, १५ फागुन २०७८, ०४ : ००
माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । केही बेरअघि नयाँ बानेश्वरको संघीय संसद् भवनमा रहेको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा प्रमुख सचेतक देव गुरूङले ५ दलबीच भएको एमसीसी बारेको ११ बुँदे व्याख्यात्मक घोषणा बाचन गरेर सुनाएका छन् ।
गुरुङले एमसीसी सम्झौताभन्दा नेपालको संविधानमाथि हुनेछ लगायतका विषयहरू सुनाएका छन् । उनले सो ११ बुँदे व्याख्यात्मक घोषणा संसदबाट पारित गरेपनि एमसीसीले मान्यता दिनेमा शंका रहेको गुरुङले बताएका छन् । यो प्रक्रिया केवल उधारो सम्झौता त हुने हैन भन्दै प्रश्न गर्दै त्यसबारे गम्भीर हुनुपर्ने उनले बताए । अहिले अध्यक्ष प्रचण्डले आफ्नो धारणा सुनाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा