मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

अन्योलमा जसपा बैठक, तीन शीर्ष नेता पनि छलफलमा बसेनन्

आइतबार, १५ फागुन २०७८, १३ : ३१
आइतबार, १५ फागुन २०७८

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक अनिश्चित भएको छ  । फागुन १३ गतेदेखि सुरु भएको बैठक दुई दिनसम्म बस्दा कुनै सहमति नभएपछि तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको थियो तर अहिलेसम्म ती शीर्ष नेताको पनि बैठक बस्न सकेको छैन ।

कार्यकारिणी समितिको बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको थियो । तर कुनैमा सहमति हुन नसकेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई सहमतिका खाका बनाउने जिम्मेवारी दिएको थियो । तर आज शीर्ष नेताको बैठक बस्न सकेन । शीर्ष नेताहरुको बीचमा छलफल भएपछि मात्र कार्यकारिणी समितिको बैठक बस्ने तय भएको छ ।

केही बेरमा संसदको बैठक सुरु हुँदैछ, त्यसअघि बैठक बस्ने सम्भावना छैन । पार्टीका सांसदहरु सबै संसद भवन पुगिसकेका छन । कार्यकारिणी समिति सदस्य इस्तियाक राइले आफूहरु संसदको बैठकमा आइसकेको र बैठकका बारेमा कुनै जानकारी नरहेको जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप