कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ, संसद् बैठक पनि ढिला हुने
संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । समितिको बैठक बस्न ढिलाइ भएकाले आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने भएको छ । आज दिउँसो एक बजे बस्ने गरी बैठक बोलाइएको थियो ।
यता सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसीलाई इण्डोप्यासिफिक रणनीति अन्तर्गत नभई आर्थिक सहयोगका रुपमा व्याख्या गर्दै पहिलो चरणको संसद बैठकमा एमसीसी सम्झौतासहित व्याख्यात्मक घोषणा प्रस्ताव पेश हुने र त्यसपछि दोस्रो पटक बैठक राखेर अनुमोदन गर्ने निर्णय भएको नेता पौडेलले बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या