युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा छिर्यो रुसी सेना, नोवा काखोवका शहरमाथि पनि रुसको कब्जा
रुसको सेना युक्रेनको दोस्रो ठूलो शहर खारकिवमा प्रवेश गरिसकेको छ । एक स्थानीय अधिकारीले यसबारे जानकारी दिएका हुन् । साथै रुसले युक्रेनको शहर नोव काखोवकामाथि पूर्ण रुपमा कब्जा जमाइसकेको छ ।
यसैबीच समाचार एजेन्सी रोयटर्सका अनुसार किएवमा हवाई हमलाको चेतावनी जारी गरिएको छ । समाचार एजेन्सी रोयटर्सका यसको पुष्टि गरेका हुन् ।
उता खारकिव रिजनल एडमिनिस्ट्रेशनका प्रमुखले हल्का सैन्य वाहन शहरमा प्रवेश गरेको जानकारी दिएका छन् ।
यो बयान अघि रुसका थुप्रै बख्तरबन्द गाडी उत्तर–पूर्वी शहरको सडकमा देखिएको फुटेज सार्वजनिक भएका थिए ।
स्थानीय प्रशासनले मानिसलाई घरभित्रै बस्न अपिल गर्दै भनेको छ, ‘शेल्टर नछोड्नुहोस् ! युक्रेनको सेनाले दुश्मनलाई नष्ट गरिरहेको छ । नागरिकलाई सडकमा नआउन भनिएको छ ।’
Russian forces pushing into Kharkiv pic.twitter.com/XxV2ah7SQZ
— OSINTtechnical (@Osinttechnical) February 27, 2022
यसैबीच युक्रेनको दक्षिणको एउटा शहर नोवा काखोवकामाथि रुसको कब्जा भएकमो पनि खबर छ ।
युक्रेनको मिडिया रिपोर्टमा बताइएको छ, ‘यो सानो तर रणनीतिक रुपमा चर्चित शहरलाई रुसले आफ्नो कब्जामा लिएको छ । यो शहर एक नदीको किनारामा छ जसमार्फत् क्राइमियामा पानीको आपूर्ति हुन्छ ।’
काखोवका पनि रुसी कब्जाः
युक्रेनको मिडिया अनुसार युक्रेनको एक दक्षिणी शहर काखोवकालाई रुसले पूर्ण रुपमा आफ्नो नियन्त्रणमा लिएको छ ।
यो एउटा सानो तर रणनीतिक हिसाबले महत्वपूर्ण शहर छ । शहरको मेयर वोलोडिमिर कोवालेन्कोले रुसी सैनिकले सबै सरकारी भवनबाट युक्रेनको झण्डा हटाइदिएको बताएका छन् ।
विश्लेषकहरुले युक्रेनको दक्षिणमा रुसी सेनाको गति सबैभन्दा सफल भएको बताएक छन् । अब रुसी खेरसन, मिकोलाइभ र मेलिटोपोल शहरतर्फ अघि बढिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिबन्ध खेपिरहेका बेन्टनकुरले म्यानयु र लिभरपुलविरुद्धको खेल पनि गुमाउने
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा