बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङको ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बजारमा, मूल्य कति ?

आइतबार, १५ फागुन २०७८, १३ : ४५
आइतबार, १५ फागुन २०७८

सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि ‘थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर’ बजारमा ल्याएको छ । रेफ्रिजेरेटरको फ्रेन्च डोरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरूलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्नसक्ने सुविधा छ । आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको सामसङले जानकारी दिएको छ ।

स्टाइलिस स्टेनलेस स्टील फिनिसिङ भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित ५७९ लिटरमा उपलब्ध छ । यसमा ट्वीन कुलिङ्ग प्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डहरूलाई बेग्ला बेग्लै चिसो राख्दै गन्धहरू फैलिनबाट रोक्न र खाद्य सामग्रीहरूको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्छ । पावर कूल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकोले आवश्यकता पर्दा आइस र चिसो पानी छिटो चाहिँदा कुर्न पर्दैन । धेरै फलफुल र सागसब्जीहरू राख्नका लागि यसमा २१.७ लिटर क्षमता भएका ठूलो क्रिस्परहरू र २ लिटर सहजै अट्ने अत्यधिक ठूलो डोर बिनहरू राखिएका छन् ।

साथै, २ वटा सेल्फ र चलाउन मिल्ने आइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदा यसमा स्थान अभाव र पहुँचको समस्या हुँदैन । यी नयाँ रेफ्रिजेरेटरहरूमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टर प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको छ, जसले ५० प्रतिशतसम्म विद्युत खपत कम गर्छ । ५७९ लिटरको फ्रेन्च डोर रेफ्रिजेरेटरको बजार मूल्य २ लाख ९९ हजार ९९० रुपैयाँ तोकिएको छ । फ्रेन्च डोर रेफ्रिजेरेटरहरू सामसङ प्लाजा, वेभसाइट साथसाथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जाल मार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरहरूमा उपलब्ध छ ।

यो रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको छ । साथै, ५० प्रतिशतसम्म विद्युत खपत कम गर्ने डिजिटल इन्भर्टर छ । रेफ्रिजेरेटरलाई सफा राख्न यसमा लाग्ने हातका छापहरू र चिन्हहरू हटाउन दिन दिनै सफा गरिरहन पर्दैन । यसमा छाप प्रतिरोधक फिनिसका साथ उपलब्ध छन्, जसले ढोकाहरूलाई फोहर दागहरूबाट सुरक्षित राख्छ अनि सफा र दागधब्बारहित बनाउँछ ।

सामसङ डिजिटल इन्भर्टर कम्प्रेसर धेरै समयसम्म टिक्छ र ५० प्रतिशतसम्म विद्युत खपत बचाउँछ । उच्च गुणवत्ताको कम्पोनेन्टहरू भएको इन्भर्टर प्रविधि २१ वर्षसम्म चल्ने क्षमता भएको प्रमाणित भएको र १० वर्ष वारेन्टीसाथ उपलब्ध रहेको सामसङले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप