भारतबाट नेपाली युवक पक्राउ
आइतबार, १५ फागुन २०७८, १२ : २५

भारतीय प्रहरीले मुम्बइको एउटा सैलुनबाट एक ३० वर्षीय युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुम्बइको प्रिया रेसिडेन्सी खारघरका मणी धनु अधिकारी रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनी मुम्बईमा बसोबास गर्दै आएको मुम्बई प्रहरीले जनाएको छ ।
मुम्बई प्रहरीको अपराध शाखाले अधिकारी पक्राउ परेको सैलुनबाट तीन महिलाको उद्धार गरेको जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि युनिसेक्स सैलुनभित्र देह व्यापारको ¥याकेट चलाएको आरोप लागेको छ । सैलुनका मालिकसहित अन्य तीन आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ । सो सैलुनभित्र देह व्यापार चलिरहेको प्रहरीले आशंका गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान