आइएमई पे र दराजबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । हरेक आइतबार दराज वालेट डे आयोजना हुने र आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने जनाइएको छ ।
साथै, प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० रुपैयाँसम्म) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । सम्झौतामा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन् ।
आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक बस्नेतले पुरानो र नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गरेको बताए । यस्तै, दराजका भुक्तानी र साझेदारी प्रमुख फुँयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा लिन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी ऋणको ग्राफ : आठ महिनामा थपियो साढे दुई खर्ब
-
माध्यमिक शिक्षा परीक्षा 'एसइई' आजदेखि, पोहोर भन्दा ४९ हजार बढीले ‘जाँच’ दिँदै
-
भ्रमण वर्षको अफर : नगरकोका होटल व्यवसायीले १० प्रतिशत छुट दिने
-
बंगलामुखिको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङको मूल्य घट्यो
-
अब तनहुँको गाउँमा पनि ‘डायलासिस’ सेवा, चार जिल्लाका विरामीलाई पायक पर्ने