बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आइएमई पे र दराजबीच सम्झौता, ग्राहकलाई हरेक आइतबार १० प्रतिशत छुट

आइतबार, १५ फागुन २०७८, १२ : २४
आइतबार, १५ फागुन २०७८

डिजिटल वालेट आइएमई पे र इ-कमर्श कम्पनी दराजबीच ‘दराज वालेट डे’ सम्झौता भएको छ । हरेक आइतबार दराज वालेट डे आयोजना हुने र आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने जनाइएको छ ।

साथै, प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (३५० र ५०० रुपैयाँसम्म) पाइने रिडिम भौचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । सम्झौतामा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका हुन् । 

आइएमई डिजिटल सोलुसन लिमिटेडका सहायक महाप्रबन्धक बस्नेतले पुरानो र नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन गरेको बताए । यस्तै, दराजका भुक्तानी र साझेदारी प्रमुख फुँयालले दराजमा आइएमई पे एपमार्फत भुक्तानी गर्दा सेवाग्राहीहरूलाई अझ सजिलो हुने र क्यास ब्याकको फाइदा लिन सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप