बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

प्रचण्डको एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको असहमति

आइतबार, १५ फागुन २०७८, १२ : १०
आइतबार, १५ फागुन २०७८

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । नेता श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डको सो निर्णयप्रति असहमति जनाएका हुन् । 

यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।  ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ । यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ,’ श्रेष्ठले ट्वीटरमा लेखेका छन् ।

माओवादी केन्द्रले यसअघि एमसीसीलाई हालकै अवस्थामा अनुमोदन गर्न नसकिने निर्णय गरेको थियो । एमसीसी सम्झौताको केही बुँदा संशोधन गरेर मात्र अनुमोदन गर्ने अडान माओवादीले लिएको थियो ।  तर, प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको विपक्षमा मतदान गरे गठबन्धन तोड्ने बताएपछि माओवादीको आजको बैठकले व्याख्यात्मक घोषणा सहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको थियो । 

‘आज बिहानको पार्टीको छलफलमा म लगायत केही कमरेडहरुले मतभेद राखि सकेका छौं । यो महाधिवेशनको बिरुद्ध छ  र गलत छ,’ श्रेष्ठले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप