रुस–युक्रेनबीच जमिनका साथै इन्टरनेटमा पनि युद्ध : चेचेन्याको सरकारी वेबसाइट ह्याक
ह्याकर्सको एउटा ग्रुप ‘एनोनिमस’ ले चेचेन्याको सरकारी वेबसाइट ह्याक गरेको छ ।
हाल वेबसाइट खुल्न सकेको छैन र 404 Host Not Found एरर पेज देखिएको छ ।
यो ह्याकिङ यस्तो समयमा भएको हो जब केही घण्टा अघि मात्रै चेचेन्याका नेता रमजान कादिरोवले युक्रेनविरुद्ध रुसको समर्थनमा चेचेन लडाकु तैनाथ गरिएको छ ।
कादिरोवले एक अनलाइन भिडियोमा चेचेन लडाकूले एक युक्रेनी सैन्य अड्डामाथि निकै सहजै कब्जा गरेको बताए ।
ह्याकर ग्रुपले गरेका थिए साइबर वारको घोषणाः
एनोनिमसले शुक्रबार रुसविरुद्ध साइबर वारको घोषणा गरेको थियो । त्यसपछि रुसको थुप्रै सरकारी वेबसाइटमा साइबर अट्याक भएको थियो ।
रुसको रक्षा मन्त्रालयको वेबसाइट पनि केही घण्टाका लागि बन्द भएको थियो । किएभ इन्डिपेन्डेन्टको शनिबारको रिपोर्ट अनुसार रुसका ६ सरकारी वेबसाइट डाउन भएको थियो ।
केही सरकारी च्यानल पनि ह्याक भएको रिपोर्ट थिए । रुसको सरकारी मिडिया आउटलेट रसियन टुडेले शुक्रबारदेखि आफ्नो वेबसाइट अट्याक भएपछि स्लो चलिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत