बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

यति छ पुटिनको तलब : जीवनशैली हैरान पारिदिने, हेर्नुहोस् तस्बिर

आइतबार, १५ फागुन २०७८, ११ : २५
आइतबार, १५ फागुन २०७८

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमला गरेपछि पुनः विवादमा फसेका छन् । यो हमलापछि अमेरिका र त्यसका सहयोगी देश रुसमाथि थुप्रै प्रतिबन्ध लगाइसकेका छन् । युरोपेली संघ, क्यानडा र अमेरिका आदि अब पुटिनमाथि विभिन्न प्रकारको प्रतिबन्धको घोषणा गरिसकेका छन् । यद्यपि, विशेषज्ञको धारणामा पुटिनमाथि प्रतिबन्ध लगाउँदा कुनै खासै असर हुने छैन । पुटिनसँग असिमित सम्पत्ति भएका कारण पनि नीजि रुपमा उनलाई यसले खासै असर पार्ने देखिँदैन । यसकै आधारमा उनी आलीशान जीवनयापन गर्छन् ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनलाई विश्वास गर्ने हो भने पुटिनले  १.४० लाख डलर तलब पाउँछन् । यद्यपि, लोकप्रिय हस्तीको नेटवर्कमाथि निगरानी राख्ने वेबसाइट क्याकनलेजको हिसाबले हाल पुटिनको वार्षिक तलब २.४० लाख डलर छ ।

पुटिन आफ्नो विलासी जीवनशैलीका लागि पनि सधैँ चर्चामा रहन्छन् । उनको आलिशान सुपरयाच धेरैजसो चर्चाको केन्द्रमा रहने गर्छ । खबरका अनुसार रुसका राष्ट्रपतिसँग ७३ मिलियन डलरको ग्रेसफुल नामको सुपरयाच छ । यसलाई रुसी सेनाका लागि परमाणु पनडुब्बी बनाउने कम्पनी सेवमाशले तयार गरेको छ र इन्टेरियर–एक्सटेरियरको एचटु याच डिजाइनले बनाएको छ । यो सुपरयाचमा हेलिप्याड, डाइनिङ एरिया, ककटेल बारजस्ता सुविधा छन् । यसको सेलरमा संसारभरीका सबैभन्दा शानदार वाइनका ४ सय वटा बोतल राखिएका छन् । यो केही समयदेखि जर्मनीमा पार्क गरिएको थियो तर हमलापछि प्रतिबन्ध लगाउने आशंकामा यो पहिले नै जर्मनीबाट गइसकेको छ

पुटिन जब पानीको बाटो नभई आकाशमा उडान भरेर कतैको यात्रामा निस्कन्छन् तब उनलाई नियो–क्लासिकल स्टाइलमा डिजाइन गरिएको विशेष विमान मनपर्छ । न्युजविकको एक रिपोर्ट अनुसार यो विमान ३९० मिलियन डलरको हो । यसलाई फ्लाइङ क्रेमलिन नाम दिइएको छ जसको अर्थ ‘रुसको राष्ट्रपतिको उडिरहेको कार्यालय’ हो । गार्डियनको एक रिपोर्टमा बताइए अनुसार विमानमा सुनले बनेको टोयलेट राखिएको छ । यसमा जिम, बार, तीन बेडरुमबाहेक ती हरेक सुविधा छन् जसको सहारामा पुटिन यात्रा गर्र्दै सेनालाई नियन्त्रण गर्न सक्छन् ।

निकै थोरै कम मानिसलाई थाहा छ कि राजनीतिमा सक्रिय हुनुअघि पुटिन सोभियत संघको समयमा गुप्तचर एजेन्सी केजीबीका शीर्ष एजेन्ट रहेका थिए । उनीहरु लामो सैन्य अनुभ छ र उनले थुप्रै सिक्रेट मिसनलाई अघि बढाइसकेका छन् । पछिल्ला केही समयमा उनी आफ्नो सैन्य कौशल सार्वजनिक पनि गरिसकेका छन् । केही समय अघि उनको तस्बिर भाइरल भएको थियो जसमा उनी एक पनडुब्बी चलाइरहेको देख्न सकिन्छ । पुटिन अब फिनल्याण्डको खाडीमा सी–एक्सप्लोरर ३.११ सबमर्सिबल पनडुब्बीमा बसेर समुद्रमा गोताखोरी पनि गरिरहेका थिए । उनी दोस्रो विश्वयुद्धका बेला डुबेको सोभियतको Shchuka-Class Submarine Shch-308 पनडुब्बीको खोज अभियानको नेतृत्व गरिरहेका थिए ।

पुटिनको विरोध गर्ने रुसी विपक्षी नेता अलेक्सेई नवलानीको एन्टी–करप्सन फन्डले पुटिनको एउटा आलिशान भवनको ५ सय वटा तस्बिर सार्वजनिक गरेका थिए । बताइए अनुसार रुसको ब्ल्याक सीको किनारामा अवस्थित यो भवन १ बिलियन डलरभन्दा बढीको लागतमा बनेको हो । यसलाई पुटिनको नीजि प्रयोगका लागि बनाइएको हो । यो बंगलामा मार्बलले बनको स्विमिङ पुल छ र यसलाई युनानका देवताको मूर्तिले सजाइएको छ । यो भवनमा वाइन सेलार, थिएटर, क्लबजस्ता सुविधा छन् । अनुसन्धाताका अनुसार गियार्जी अदबुरोवका अनुसार पुटिनको यो बंगलाले किंग लुई १४ औँ महलको स्मरण दिलाउँछ । यद्यपि, पुटिनले यसलाई बोरिङ बताउँदै यसलाई आफ्नो नभएको बताए ।

रुसी नेता फिटनेस फ्रिक मानिन्छन् । भ्लादिमिर पुटिन ६९ वर्ष पुगिसकेका छन् तर आज पनि उनी फिटनेसमा युवालाई मात दिन्छन् । थुप्रै पटक उनलाई म्याचोम्यान अवतारमा देख्न पाइन्छ । चिसोमा जमिसकेको तालमा नुहाउनेदेखि लिएर सैन्य अभ्यासमा सक्रिय रुपमा समावेश भएकोसम्मका कहानी चलाउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप