सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

एमसीसीबारे ‘ब्याख्यात्मक टिप्पणी’मा महराको पनि आपत्ति

आइतबार, १५ फागुन २०७८, ११ : १७
आइतबार, १५ फागुन २०७८

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने माओवादी केन्द्रको निर्णयमा पूर्वसभामुख कृष्णबहादुर महराले पनि आपत्ति जनाएका छन् । व्याख्यात्मक प्रस्ताव भनेर राष्ट्रघाती एमसीसीलाई पारित गर्न नहुने उनको अडान छ । 
माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा एमसीसी पारित गर्ने निर्णय भएसँगै महरासहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेलले पनि विरोध गरेका छन् । 

यसअघि पनि पूर्व सभामुख समेत रहेका एमसीसी सम्झौता राष्ट्रिय हित अनुकुल नरहेको बताएका थिए ।   आजको बैठकमा केही नेताले भने एमसीसी पास गर्नुअघि संसदमा संकल्प प्रस्ताव ल्याइनुपर्ने बारे पनि राय राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप