आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

नेष्डो समृद्ध लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

आइतबार, १५ फागुन २०७८, ११ : ०९
आइतबार, १५ फागुन २०७८

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन ११ गतेदेखि संस्थाका कर्मचारी सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५६३ कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । जुन आज बेलुका ५ बजेसम्मका लागि आवेदन खुल्ला रहनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले इक्रा नेपालबाट डबल बी क्रेडिट रेटिङ्ग पाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप