पार्टीमा एमसीसीबारे निर्णय गरेर प्रचण्ड पुगे बालुवाटार
आइतबार, १५ फागुन २०७८, ०६ : ००
नेकपा माओवादी केन्द्रले एमसीसीबारे निर्णय गरेसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादीले एमसीसीलाई व्याख्यात्मक टिप्पणीसहित पारित गर्ने निर्णय गरेको छ। तर, सो निर्णयमा माओवादीभित्रै असन्तुष्टि देखिएको छ। नारायणकाजी श्रेष्ठसहितका नेताहरुले सो निर्णयको विरोध गरेका हुन् ।
माओवादीको निर्णय आउन ढिला हुँदा गठबन्धनको बैठक पनि ढिला गरी सुरु भएको छ । बिहान १० बजे बस्ने भनिएको बैठक प्रचण्ड ढिलो पुगेपछि ११ बजेबाट सुरु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलगायत सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?
-
उपराष्ट्रपति यादवद्वारा महावीर जन्मजयन्तीको शुभकामना
-
१२५ प्रतिशतबढी भन्सार लगाएपछि चीनसँग कुराकानी गर्ने ट्रम्पको उद्घोष
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै