शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

आइतबार, १५ फागुन २०७८, १० : ४८
आइतबार, १५ फागुन २०७८

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला अधिकतम ९८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज आइतबार १४ सय रुपैयाँले घट्दै ९६ हजार ६०० रुपैयाँमा झरेको हो । 

यस्तै तेजावी सुनको मूल्य समेत आज तोलामा १४ सय रुपैयाँले नै घट्दै ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने गत शुक्रबारको तुलनामा तोलामा ४० रुपैयाँले घट्दै आज एक हजार २९५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप