शनिबारबाट प्रदर्शनमा मदनकृष्ण र आशिष्माको ‘कर्म’
बौद्ध कथामा आधारित नेपाल भाषाको फिल्म ‘कर्म’ शनिबारबाट गुण चलचित्र घर, ग्वार्काेमा प्रदर्शनमा आएको छ । रामकृष्ण खड्गीको पटकथा, सम्वाद तथा निर्देशन रहेको फिल्म राजेन्द्र शाक्य (दिजेन्द्र)ले निर्माण गरेका हुन् ।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, कर्मा शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, लुनिभा तुलाधर, वत्स शाक्य, रजनी खड्गी, अन्नपूर्णेश्वरी श्रेष्ठ, रुमन जोशी, अजय श्रेष्ठ, सुशील शाक्य, राजु मानन्धर, पुरण सायमी लगायतको अभिनय समेटिएको फिल्म गुण समूहले निर्माण गरेको हो ।
शनिबार फिल्मको विषेश शो समेत आयोजना भएको थियो । जसमा अभिनेता कर्मा शाक्य, यमन श्रेष्ठ, कृष्णभक्त महर्जन, निर्माता छविराज ओझालगायतको उपस्थिति रहेको थियो । निर्माता दिजेन्द्रले यो फिल्मले गर्ने सम्पूर्ण आम्दानी बौद्ध बिहारहरुको जिर्णाेद्धार, संरक्षण तथा सम्बद्र्धनमा सहयोग गर्ने कार्यक्रममा जानकारी दिए । निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताए ।
यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ फिल्म निर्माण गरेको थियो । दुवै फिल्मको आम्दानी सामाजीक कार्यमा लगाइएको थियोे । लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य छन् । रामकृष्ण, बालकृष्ण र राजु तुलाधरको संगीत रहेको फिल्मको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण वंंशीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?
-
पोखराको बाँझो जग्गामा कागतीखेती