आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

डोनल्ड ट्रम्पले युक्रेनमाथि रुसको हमलाको विरोध गर्दै भने, ‘जेलेन्स्की निडर नेता’

आइतबार, १५ फागुन २०७८, १० : ३७
आइतबार, १५ फागुन २०७८

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले युक्रेनमाथि रुसको हमलाको विरोध गर्दै आफूले युक्रेनका जनताका लागि प्रार्थना गरिरहेको बताएका छन् ।

यसअघि जब रुसले युक्रेनमा सैनिक पठाउन सुरु गरेको थियो तब पुटिनको आदेशलाई ट्रम्पले ‘जिनियस’ बताएका थिए ।

साथै उनले भनेका थिए, ‘मेरो मान्यता यो छ कि अमेरिकाले पनि आफ्नो दक्षिणी सीमाको रक्षाका लागि यस्तै ‘पिसकिपिङ’ सेनाको प्रयोग गर्न सक्छ ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार अब फ्लोरिडामा एक सभालाई सम्बोधित गर्दै ट्रम्पले रुसको हमलाको निन्दा गरेका छन् र युक्रेनका जनताका लागि सहानूभूति जताएका छन् ।

उनले युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीको तारिफ गर्दै उनलाई निडर नेता बताएका छन् ।

आफ्नो सम्बोधनका बेला उनले अमेरिकी राष्ट्रपति जो बाइडेनमाथि पनि निशाना साँधे । अमेरिकी चुनावमा धाँधलीको आरोप लगाउँदै ट्रम्पले यदि धाँधली नभएको भए यो संकट कहिल्यै उत्पन्न नहुने पनि बताए ।

उनले भने, ‘जस्तै कि सबैलाई थाहा छ, यदि हाम्रो चुनावमा धाँधली नभएको भए र यदि म राष्ट्रपति भएको भए यो भयानक संकट कहिल्यै पैदा हुने थिएन ।’

डोनल्ड ट्रम्पले पुटिनको तारिफ गर्ने आफ्नो बयानको पनि बचाउ गर्दै भने, ‘उनी स्मार्ट छन् किनभने उनले संसारका नेता र नेटोलाई मात दिएका छन् ।’

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार ट्रम्पले भने, ‘समस्या यो होइन कि पुटिन स्मार्ट छन्, उनी कुनै शंका बिना स्मार्ट छन् तर वास्तविक समस्या यो हो कि हाम्रो नेता ‘डम्ब’ छन् ।’

स्मरण रहोस्, यसअघि बाइडेनले एक अन्तरवार्तामा ट्रम्पको ‘जनियस’ को बयानको मजाक उडाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप