गजल सन्ध्या पोखराको अध्यक्षमा वसन्त विनोद
गजल सन्ध्या पोखराको १२औँ अधिवेशनले वसन्त विनोदको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नर्सको सभाहलमा फागुन १४ गते आयोजित अधिवेशनले उपाध्यक्षमा सुरज उपाध्याय, सचिवमा त्रुपक, कोषाध्यक्षमा महेश्वर बस्ताकोटी र सहसचिवमा मैया सुवेदीलाई चयन गरेको छ । यस्तै सदस्यहरूमा सिर्जना ढकाल, विष्णु सुवेदी, विकास गौतम ‘अर्चुल’ र माधव खतिवडालाई चयन गरेको छ ।
संस्थापक अध्यक्ष दीलिप दोषीको संयोजकत्वमा पूर्व अध्यक्षद्वय रुपीन्द्र प्रभावी र उदिपराज ढुङ्गाना सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत कार्यसमिति घोषणा गरेको थियो । वि.सं. २०५९ मा गजलको उत्थान ः हाम्रो अभियान भन्ने मूल नारासहित स्थापना भएको क्रियाशील सन्ध्यामा नियमित गजल वाचन गरिँदै आएको छ ।
यसैगरी उक्त कार्यक्रमा युवा सर्जक गोपाल खनालको गजल सङ्ग्रह ‘सम्झनाका लहरहरू’को पनि लोकार्पण गरिएको छ । गजल सन्ध्याकला अध्यक्ष मोहन भण्डारी तथा प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले सो कृतिको लोकार्पण गरेका हुन् ।
गजल सन्ध्याका उपाध्यक्ष वसन्त विनोदले स्वागत मन्तव्य राखेको कार्यक्रममा सन्ध्याका संस्थापक अध्यक्ष दीलिप दोषी, गजलकार प्रकट पँगेनी ‘शिव’, पूर्व अध्यक्षहरू दीपक समीप, रुपीन्द्र प्रभावी, मन क्षेत्रीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
तारकेश्वर गाउँपालिका–१ दाङसिङ, नुवाकोटका स्थायी बासिन्दा खनाल पोखरामा रहेर साहित्य साधना गरिरहेका युवा सर्जक हुन् । यस कृतिमा १०१ गजल समेटिएका छन् । उक्त कृति गजल सन्ध्या पोखराको प्रकाशन र रमण पौडेलको सहप्रकाशनमा बजारमा आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म