युक्रेनबारे जर्मनीको नीति बदलियो, एन्टी ट्यांक हतियार र मिसाइल पठाउने
रुसले युक्रेनमाथिको आक्रमणलाई तीव्र बनाएको छ । यसबीच युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलेन्स्कीले अलग–अलग देशबाट समर्थन जुटाइरहेका छन् ।
अहिले जर्मनीले युक्रेनबारे आफ्नो नीतिमा ठूलो परिवर्तन गरेको छ । जर्मनीले युक्रेनलाई हतियार पठाउने भएको हो । जर्मनीका चान्सलर ओलाफ शल्ट्सले यसको पुष्टि गरेका छन् । उनले जर्मनीले एक हजार एन्टी ट्यांक हतियार र पाँच सयवटा जमीनबाट हावामा मार हन्न सक्ने मिसाइल युक्रेनलाई सहयोग गर्ने जानकारी दिए ।
जर्मनीले यसअघि नै रुसले युक्रेनमाथि गरेका हमलाको निन्दा गरिसकेको छ । यही क्रममा उसले युद्ध क्षेत्रमा हतियार निर्यातमा प्रतिबन्ध लगाउने आफ्नो पुरानो नीतिमा परिवर्तन गरेको हो । युक्रेनका राष्ट्रपतिले जर्मनीको यो कदमको स्वागत गरेका छन् ।
उता, जर्मनीका यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी विमानको प्रवेशलाई रोक लगाउने घोषणा गरेका छन् । यसअघि एस्टोनिया, पोल्याण्ड, बुल्गारिया र चेक रिपब्लिकले पनि यस्तो प्रतिबन्ध लगाएको थियो ।
त्यस्तै, अमेरिकी विदेश मन्त्रालयले युक्रेनलाई एन्टी ट्यांक मिसाइल, एन्टी एयरक्राफ्ट सिस्टमसहित ३५० मिलियन डलर बराबरको हतियार पठाउने जनाएको छ । नेदरल्याण्डले पनि ५० एन्टी ट्यांक हतियार र ४०० वटा रकेट युक्रेनलाई दिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा