मैदानमा फर्किए एरिक्सन
![मैदानमा फर्किए एरिक्सन](https://rpcdn.ratopati.com/media/albums/274333046_1046884552530032_1054838201467305161_n_9sajjc2yIq.jpg)
शनिबार न्युक्यासलविरुद्धको खेलमा ब्रेन्टफोर्डको तर्फबाट ५२ औँ मिनेटमा जब क्रिस्टियन एरिक्सन मैदानमा प्रवेश गरे, त्यतिबेलाको वातावरण नै फरक थियो । घरेलु समर्थक मात्र नभएर विपक्षी टोलीका समर्थकहरु आफ्नो सिटबाट उठेर उनका लागि ताली बजाइरहेका थिए ।
गत जुनमा डेनमार्कबाट युरो २०२० मा फिनल्याण्डविरुद्धको खेलमा एरिक्सनलाई हृदयघात भएको थियो । सो घटनाको ठ्याक्के २५९ दिनपछि एरिक्सन पुनः मैदानमा फर्कन सफल भएका हुन् । ब्रेन्टफोर्डका म्यानेजर थोपस फ्रांकले एरिक्सनलाई पुनः मैदानमा फर्काउने वाचा गरेका थिए । त्यो वाचा शनिबार पुरा भएको छ ।
यद्यपि, उनको पुनरागमन सोचे जस्तो चाहिँ भएन । सुरुमा नै १० खेलाडीमा सीमित बनेको ब्रेन्टफोर्ड आफ्नो घरेलु मैदानमा २–० ले पराजित हुन पुग्यो । खेलपछि प्रतिक्रिया दिँदै एरिक्सनले भने, ‘आजको नतिजालाई बेवास्ता गर्ने हो भने म आज खुसी छु । मैले जे भोगे, त्यसपछि फेरि मैदानमा फर्कन पाउनुको अनुभव निकै अद्वितीय छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजा किन्ने भनाइमा अडिग छन् ट्रम्प
-
अध्यादेशबाट देश चलाउने काम निरंकुशताको प्रस्थान बिन्दु : शेखर कोइराला
-
नायक सलोन बस्नेतको त्यो यादगार भ्यालेन्टाइन, सुनेरै पूर्व मिस नेपाल नम्रताको थामिएन हाँसो
-
समाजवाद हाम्रै पालामा सम्भव छ : प्रचण्ड
-
‘आईसीसी नकआउट ट्रफी’ को नामबाट आयोजना भएको पहिलो संस्करण
-
फाइनल खेलमा क्याच लिने दर्शक ललितले जिते एक लाख पुरस्कार