मिर्गौला पीडित पण्डितलाई सहयोग

मिर्गौला पीडित रामचन्द्र पण्डितलाई कास्कीका कर्मचारीका तर्फबाट करिब दुई लाख सहयोग गरिएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँलाई सो सङ्गठन कास्कीले रु एक लाख ९५ हजार सहयोग गरेको हो । सङ्गठनको ११ औं जिल्ला अधिवेशनका अवसरमा उक्त रकम उनलाई हस्तान्तरण गरिएको छ ।
कास्कीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीबाट सङ्कलन गरिएको रकम पण्डितका उपचारमा सहयोग पु¥याउन हस्तान्तरण गरिएको निजामति कर्मचारी सङ्गठन तनहुँका अध्यक्ष रुद्र ठकुरीले जानकारी दिए ।
बिरामी पण्डितलाई शुक्रबार मात्रै निजामति कर्मचारी सङ्गठन तनहुँले पनि रु ५० हजार आठ सय ४५ सहयोग गरेको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका अधिकृत पण्डितको केही समय अगाडी स्वास्थ्यमा समस्या आएपछि परीक्षण गर्दा दुवै मिर्गौला फेल भएको पत्ता लागेको थियो । निजामती कर्मचारी सङ्गठनले पण्डितको उपचारमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।
कलकत्तास्थित अस्पतालमा पण्डितको मिर्गौला प्रत्यारोपणको तयारी गरिएको र आर्थिक स्रोत अभाव भएपछि सबैसँग सहयोगको अपिल गरिएको अध्यक्ष ठकुरीले जानकारी दिए । सहयोगका लागि निजामती कर्मचारी सङ्गठन तनहुँको नाममा राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ३५२०१०००००४६३००१ वा माछापुच्छ्रे बैङ्कमा रामचन्द्र पण्डितको नाममा रहेको खाता नम्बर १२३६५२४१११३३९०११ मा रकम जम्मा गर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?