बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एमसीसीका विरुद्ध थप सशक्त बन्ने माओवादी केन्द्र मधेश प्रदेशको निर्णय

शनिबार, १४ फागुन २०७८, २१ : ४७
शनिबार, १४ फागुन २०७८

माओवादी केन्द्र मधेश प्रदेशले एमसीसीका विरुद्ध थप सशक्त बन्ने निर्णय गरेको छ । एमसीसी राष्ट्रिय हितविपरीत भएको ठहर गर्दै मधेश प्रदेशमा यसको खबरदारीको लागी सशक्त प्रतिवाद गर्ने माओवादी केन्द्र मधेश प्रदेशले जनाएको छ ।

जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको श्रद्धाञ्जलीको अवसरमा बसेको बैठकले डलर हैन, स्वाभिमान रोजौँ भन्दै एमसीसीको सशक्त विरोध गर्ने निर्णय गरेको हो ।  बैठकपछि निकालिएको प्रेस विज्ञप्तिमा माओवादी केन्द्र मधेश प्रदेशले कुनै पनि बहानामा एमसीसी स्वीकार वा संसदबाट अनुमोदन गर्न नहुने अडान माओवादी केन्द्रको यथावत् रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी राष्ट्रिय हितविपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकाले परिमार्जन र संशोधनबिना समर्थन र संसदबाट पास गर्न सकिँदैन ।’ एमसीसीलाई असफल बनाउन माओवादी केन्द्र निरन्तर लागिरहेको जिकिर गर्दै एमसीसीका विरुद्ध सबै देशभक्त नागरिकलाई आन्दोलनमा उत्रन पनि अपिल गरेको छ ।

त्यसैगरी प्रदेश कमिटीको गठन र घोषणालाई तत्काल सकेर अविलम्ब चुनाव लक्षित कार्यक्रमको तयारीमा जुट्ने पनि माओवादी केन्द्रले निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप